दमक/झापाको माइपश्चिम भुगोलमा सक्रिय पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापना भएको सक्रिय पत्रकार सञ्जाल दमक झापाको कार्यालय स्थापना भएको छ । सञ्जालले दमक ८ स्थित एक निजी घरको कोठा भाडामा लिएर बुधबारदेखि कार्यालय सञ्चालनमा ल्याएको हो ।
सो कार्यालयको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उदघाटन गर्दै पत्रकारिताको संस्थागत बिकासप्रति स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले पत्रकारिताका नाममा भइरहेका विकृति र बिसंगतिहरुको सुधारमा यस किसिमका पत्रकारजन्य संघ संस्थाहरुको रचनात्मक भुमिका हुनुपर्नेमा पनि जोड दिए ।
समाजलाई असल बाटोमा डोहोरयाउन पत्रकारिताका माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । उदघाटन कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले फरक आस्था र विचारलाई समेत समुन्नत समाजको बिकासका लागि जोडने भुमिका पत्रकारहरुले निर्वाह गर्न सक्ने बताए । आग्रह पूर्वाग्रहरहित मर्यादित पत्रकारिता अहिलेको आवश्यकता भएकोमा उनको जोड थियो । सञ्जालका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति कोषाध्यक्ष बिमल लामिछानेले संविधानलेनै पत्रकारहरु मात्रै नभएर सबै पेशाकर्मीहरु आफनो पेशागत हकहितका निम्ति संगठित हुन पाउने अधिकार सुनिश्चित गरेको बताउँदै ति संस्थाहरु उद्धेश्य अनुरुप सञ्चालन हुनु आवश्यक भएको सुझाए । उनले संघीयता कार्यान्वयनमा आएसंगै पत्रकारिताको व्यवसायिक हित र बिकासमा थोरै भएपनि बल पुगेको बताउँदै यसलाई अझ बढी व्यवस्थित बनाउन आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रेस सेन्टर नेपालका एक नम्बर प्रदेश कमिटी उपाध्यक्ष डण्डीराज घिमिरेले पत्रकारितालाई कस्तो बनाउने भन्ने पहिलो भुमिका पत्रकारहरुकै हुने बताए । सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीले पत्रकारिताको बिकासका लागि पत्रकार समबद्ध संघ संस्थाहरुले भुमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ एक नम्बर प्रदेश सदस्य विष्णु सुब्बा, दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य चन्द्र खत्री, नेविसंघ झापाका उपसभापति सहदेव भट्टराई, दमक नगर सभापति बिशाल अधिकारी, युवा कृषि उद्यमी नवराज न्यौपाने लगायतको आतिथ्य रहेको थियो । सञ्जालका उपाध्यक्ष अनिलदेव राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवि घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय