उर्लाबारी । वर्षासँगै मोरङको उर्लाबारी वडा नं. ७ गंगा प्रपटी क्षेत्र डुबान भएको छ । उचित ढल निकासको ब्यवस्था नगरी प्लटिङ गरेका कारण बर्षासँगै डुबान हुँदा सास्ती खेप्नु परेको स्थानीयबासी बताउँछन् ।
बषौंदेखि डुबानको सास्ती खेप्दै आएका स्थानीयबासीहरुले उचित ढल निकासको ब्यवस्था मिलाइदिन आग्रह गरेका छन् । यसअघिको स्थानीय सरकारले प्लटिङ क्षेत्र भएकाले चासो दिएको थिएन । यसपटक प्लटिङ गर्ने मध्येकै अगुवा गंगाप्रसाद खरेल उर्लाबारी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ । जसकारण पनि यस पटक ढल निकासका लागि पहलकदमी हुनेमा स्थानीय आशावादी देखिएका छन् । प्लटिङका सडकहरु जलमग्न भएका छन् । जसले गर्दा हिँड्न असहज बनेको छ । कुनै समयको यो चर्चित धाबीमा प्लटिङसँगै ठूलो वस्ती निर्माण भइसकेको छ । तर, यहाँका स्थानीयबासीको समस्या कसैले बुझेका छैनन् । ‘सडकभरी पानी नै पानी छ, कता खाल्डो हुन्छ पत्तै हुँदैन’ स्थानीय राजन कँडेल भन्नुहुन्छ–‘बर्षौदेखि डुवानको समस्या खेप्दै आइरहेका छौं, कसैको ध्यान पुगेको छैन ।’
सोही वस्तीमा उर्लाबारी परोपकार सेवा केन्द्र, सञ्चार क्लब नेपाल, सहकारीलगायत संस्था रहेका छन् । डुबानका कारण त्यहाँ पुग्न अत्यन्तै कठिन हुने गरेको सञ्चार क्लब नेपालका पूर्वमहासचिब दिपक वास्तोलाले बताउनुभयो । ढल निकासको उचित प्रबन्धन मिलाइदिन उर्लाबारी नगरपालिकाका मेयर खरेललाई उहाँले आग्रह गर्नुभएको छ । उर्लाबारी परोपकार सेवा केन्द्रमा आउने जेष्ठ नागरिकहरु पनि निकै कष्टपूर्ण तरिकाले आउने गर्नुभएको उहाँको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय