उर्लाबारी । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम पहिचानसहित हुनु पर्नेमा जोड दिनुभएको छ ।
आज उर्लाबारी–३ मंगलबारेमा धिमाल जातीय विकास केन्द्रद्वारा आयोजित जात्री पर्वको समापन कार्यक्रमलाई बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले प्रदेशको नामकरणको विषय प्रदेश सभा संसदको अधिकार क्षेत्रभित्र रहेको बताउँदै पहिचानसहितको नामकरण हुनु पर्ने बताउनुभएको छ । प्रदेश सरकारले निर्णय गरेर प्रदेशको नाम राख्न नसक्ने बताउँदै उहाँले भन्नुभयोे, ‘ सरकारले पहल कदमी गर्न सक्छ । गठन भएदेखि नै प्रदेश सरकार दत्तचित्त भएर लागेको छ ।’ आगामी साउनभित्रमा प्रदेशको नाम राख्ने बताउँदै उहाँले सहमति नभए मतदानबाट भएपनि प्रदेशको नामकरण गरिने बताउनुभएको छ । अब एक मात्र लक्ष्य बनाएर नाम टुंगो लगाउन लागि परेको उहाँले जानकारी दिनुभयो । झण्डावाला गाडीमा चढ्न र सलाम खानका लागि होइन जनहितमा काम गर्न आफु मुख्यमन्त्री बनेको बताउँदै जनता भन्दा ठूलो सरकार नभएको बताउनुभयो । धिमाल जातीको संस्कार र संस्कृतिलाई प्रदेशको सम्पत्तिको रुपमा लिएर यसलाई प्रर्वधन गर्ने काममा प्रदेश १ सरकारले सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय