उर्लाबारी । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा प्रथम आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद्,उर्लाबारीको आयोजनामा उर्लाबारी७ स्थित उर्लाबारी पार्टी प्यालेसमा फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम सुरु भएको हो । उर्लाबारी नगरपालिकाका पहिलो मेयर खड्ग फागोले सो कार्यक्रमको उद्घाटन गर्नुभयो । आदिबासी जनजातिहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उभिप्रायले सो कार्यक्रमको आयोजना गरिएको नगर समन्वय परिषद्,उर्लाबारीका अध्यक्ष मणिलाल श्रेष्ठले जानकारी दिनुभयो । उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवारलगायत जातीका विभिन्न खानाका परिकारहरु राखिएको छ । कार्यक्रम असार ५ गतेसम्म संचालन हुने परिषद्का नगरसचिब नारायण राईले जानकारी दिनुभयो । सोही अवसरमा बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम पनि राखिएको सचिब राईको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय