उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्तरग मोरङको उर्लाबारीमा कारको ठक्करबाट मोटरसाइकल चालक एक युवा गम्भिर घाइते बनेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१.०.०.०.१ च ७३६३ नम्बरको कारले प्र.१.०.०.४८ प ४४५१ नम्बरको मोटरसाइकललाई साँझा ७ः३० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उर्लाबारी वडा नं. ५ का २० बर्षीय समिर पौडेल गम्भिर घाइते भएको र उनलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएको छ । ठक्कर दिने सवारी चालक र सवारी प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय