दमक/ भूटानी शरणार्थीहरुको स्वदेश फिर्ती आन्दोलनका अभियान्ता तथा चिकित्सक डा.भम्पा राईको निधन भएको छ ।
भुटानबाट त्यहाँका राजाले नेपाली भाषीहरुलाई लखेटेपछि विसं १९९२ देखि दमकमा बसोबास गर्दै आएका डा. राईको आज विहान करिब २ बजे विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
राई लामो समयदेखि अस्वस्थ थिए । उनलाई पाँचदिन अघि हर्नियाको उपचार गरिएको थियो । शनिवार दिउँसो देखि मुटुको चाल कमजोर भएका कारण नोबेल अस्पताल भर्ना गरिएको थियो । डा. राई दमक बेलडागी रोडस्थित गजुरमुखी क्लिनिकमा बसेर भुटानी शरणार्थीलाई निशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएका चिकित्सक हुन । उनले चिकित्सासँगै भुटानी शरणार्थी स्वदेश फिर्ती सहयोग समितिको अध्यक्षका रुपमा रहेर शरणार्थीहरुको स्वदेश फिर्ती आन्दोलनमा नेतृत्व गरेका थिए । राईलाई दमक नगरपालिकाले निशुल्क बसोबासको प्रवन्ध गरिदिएको थियो । राईकी श्रीमतीको गत वर्ष निधन भएपछि दमकमा उनी एक्लै बस्दै थिए ।
























