उर्लाबारी । उर्लाबारी नगरपालिकाको नगरसभा असार ८ गते हुने भएको छ । आज बसेको कार्यपालिका बैठकले नगरसभा असार ८ गते बुधबार गर्ने निर्णय गरेको नगर प्रवक्ता तथा उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले जानकारी दिनुभयो । नगर प्रमुख गंगा प्रसाद खरेलको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले आ व २०७९÷०८० का लागि नीति तथा कार्यक्रम आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै, वडास्तरीय योजना तथा कार्यक्रम तर्जुमा तथा छलफल गरी सभामा पेश गर्ने निर्णय भएको प्रवक्ता बुढाथोकीले बताउनुभयो । साथै गैर–सरकारी संस्थाबाट पेश भएका कार्यक्रम समावेश गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
























