उर्लाबारी । मावा खोलामा पानीको बहाव बढेपछि मोरङको उर्लाबारी वडा नं. ७ बाँधडाँडा आसपास क्षेत्रका स्थानीयबासी जाग्राम बसेका छन् । अहिले राती मावा खोलामा बाढीको बहाक बढेर बस्तीमा पस्ने खतरा बढेपछि स्थानीयबासीहरु जागरममा बसेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारी, स्थानीयबासीहरु बाढीको त्रासका कारण जागरममा बस्नु परेको स्थानीय प्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार समयमै दिगो तटबन्धन गर्न सम्बन्धित निकायले चासो नदिएका कारण त्रासमा बस्नु परेको छ । सडक डिभिजन कार्यालय विराटनगरले मावा खोला पुल आसपास क्षेत्रमा लगाएको तारजालीका कारण पानीको बहाव बढेपनि वस्तीतर्फ कटान भएको छैन । अहिले पानीको बहाव अलि कम हुँदै गएको स्थानीय निर्मला चौहान निरुले जानकारी दिनुभयो । बाढी बस्तीमा पस्ने खतरा बढेपछि स्थानीयबासी त्रासमा रहेको उहाँको भनाई छ । सम्बन्धित निकायले दिगो तटबन्धनमा ध्यान नदिए उर्लाबारी वडा नं. ७ मा ठूलो क्षति पुग्ने खतरा रहेको उहाँको भनाई छ ।
उर्लाबारी वडा नं. ७ का जनप्रतिनिधि सन्तोष निरौलाले तत्काल विपत कोषबाट भएपनि तटबन्धन गर्न आवश्यक रहेको र यसबारेमा मेयर, उपमेयर, वडाध्यक्षको पनि ध्यान पुग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘पटक पटक बाढीले उक्त वस्तीमा क्षति पु¥याउँदै आएको छ, अब जसरी हुन्छ, तटबन्धन गर्नुपर्छ ।’
























