उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू(कुशल) को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट मैथिली समाज सेवा समितिको कम्पाउण्ड वाल निर्माण थालिएको छ ।
उर्लाबारी वडा नं. ७ मा रहेको मैथिली समितिको जग्गामा कम्पाउण्ड वाल निर्माण कार्य सुरु भएको अध्यक्ष पवन चौधरीले जानकारी दिनुभयो । सांसद लिम्बूको क्षेत्र विकास कोषबाट ५ लाख रुपैयाँ विनियोजन भएको उहाँले बताउनुभयो । १ कट्ठा उर्लाबारी वडा नं. ७ का समाजसेबी महेन्द्र कार्कीले निःशुल्क र अर्को १ कट्ठा कम मूल्यमा दिनुभएको अध्यक्ष चौधरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय