झापा,पछिल्लो दुई घण्टा झापाको शनिश्चरे, दोमुखा कन्काई र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव बढ्न सक्ने जनाएको छ । ती साना नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
आइतबार पनि झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९: ४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तीमा पसेको थियो । रतुवा खोलामै आएको बाढीको कारण गौरादह नपा वडा नं.६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा पनि परेको छ ।
























