मोरङ्ग। मोरङको मिक्लाजुङ गाउँपालिकामा एक १४ वर्षीया बालिकालाई गर्भवति बनाएर छिमेकी युवक फरार भएका छन।
मिक्लाजुङ ४ का ४४ वर्षीय छविराज चाम्लिङ राई घटना बाहिरा आएपछि फरार भएका हुन। राईले बालिकालाई बङ्गुरका लागि चारो खोज्न जङ्गलमा गएका बेला २०७८ साल माघ २६ गते बलात्कार गरेका थिए। सोही बलात्कार पछि बालिका गर्भवति भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
आरोपित राईले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएका कारण बालिकाले घटनाबारे कसैलाई नबताएकोमा चार महिनापछि स्वास्थ्यमा समस्या आई जाँच गराउँदा गर्भ रहेको खुलेको हो ।
यता, बालिका गर्भवति भएको सार्वजनिक भएसँगै अभियुक्त राई भने फरार भएका छन् । उनको खोजी जारी रहेको डीएसपी श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय