उर्लाबारी । मोरङको उर्लाबारी–४ मा एक जना जग्गाधनीले आफ्नो जग्गा सडकको ड्रेन बनाउँदा नदिँदा निर्माण कार्य रोकिएको छ । उर्लाबारी–४ का प्रलाद थापाले छोरी सीताको जग्गामा ड्रेन निर्माण गर्न नदिएको स्थानीयको भनाई छ । भानु पुस्तकालय हुँदै जिपी मार्ग जोड्ने उक्त सडकको डे«न निर्माणमा सहयोग गर्न थापालाई पटक पटक आग्रह गरेपनि अटेरी गर्दा डे«न निर्माणमा समस्या बनेको बताइन्छ ।
उर्लाबारी नगरपालिका वडा नं. ४ बाट ड्रेन निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । १ सय ५० मिटर सिंगल डे«न निर्माणमध्ये थापाको जग्गा पर्ने करिब ३५ फिटमा काम अवरोध भएको उपभोक्ता समितिका अध्यक्ष दिलप्रसाद लिम्बूले बताउनुभयो । उचित पानीको निकास नहुँदा उक्त क्षेत्र डुबानमा पर्दै आएको छ । डे«न निर्माणमा अवरोधका कारण स्थानीयले हैरानी खेप्नु परेको स्थानीयबासी बताउँछन् ।
यता थापाले भने आफु विकास विरोधी नभएको र बर्षाको समयमा कम्पाउण्ड वाल भत्काएर निर्माण गर्न समस्या हुने भएकाले समय माग गरेको भएपनि उल्टै आफुलाई गलत देखाउन खोजेको बताउनुभयो ।
























