उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका क्षेत्रभित्र बर्षासँगै पूर्वपश्चिम राजमार्गमा परेका खाल्डाखुल्डी पुरिएको छ ।
मेयर गंगाप्रसाद खरेल, उपमयेर मिना पौडेल खतिवडासहित आज दिउँसोदेखि राजमार्ग र किनारका खाल्डाखुल्डी पुर्ने काममा सक्रियतापूर्वक लाग्नु भएको थियो । राजमार्गमा ठुला–ठुला खाल्डा परेर दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले आफ्नै खर्चमा खाल्डो पुरेको मेयर खरेलले जानकारी दिनुभयो । पुर्वपश्चिम राजमार्ग नगरपालिका मातहत नरहने भएपनि दुर्घटनाको जोखिम बढेपछि काम गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय