उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ ।०८० को बजेट, योजना र कार्यक्रम प्रस्तुत भएको छ ।
जसमा उर्लाबारी वडा नं. ७ ले आर्थिक विकासमा घारसहितको मौरी वितरणमा २ लाख, ड्राइभिङ तालिममा २ लाख, कपाल काट्ने तालिममा १ लाख ५० हजार, सयपत्री फुल तथा खर्बुजा खेतीमा १ लाख ३० हजार, एकल महिलाहरुलाई एडभानस सिलाई कटाईमा १ लाख, बिउ बोका खरिद तथा किसानलाई वितरणमा ५० हजार, नुहाउने साबुन बनाउने तालिममा १ लाख, बारिष्ट, कफी बनाउने तालिममा १ लाख, किसानलाई नगदी तथा अन्नवाली विउ विजन वितरणमा ५० हजार र बेसिक सिलाई कटाई कार्यक्रममा ६२ हजार ६ सय ६३ रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, सामाजिक विकासमा कम्प्युटर तालिममा २ लाख, जेष्ठ नागरिक अवलोकन भ्रमणमा १ लाख ५० हजार, विपन्न वर्तका गर्भवती तथा सुत्केरी महिला पोषण कार्यक्रममा १ लाख ५० हजार, सेनिटरी प्याड बनाउने तालिममा १ लाख, खुल्ला ब्ययामशाला सामग्री खरिद तथा ब्यवस्थापनमा ३ लाख ८० हजार, महिला समूह ब्यवस्थापनमा १ लाख, तालिमसहित नौमति बाजा खरिदमा १ लाख, मेकअप तालिममा ८० हजार, बाघखोर मेरिडियन मर्मतमा १ लाख, लागुऔषध दुब्र्यसनीविरुद्ध सचेतना कार्यक्रममा ७८ हजार ९ सय ९४ रुपैयाँ, जेष्ट नागरिक दिवा खाजा कार्यक्रममा ५० हजार, धर्म तथा संस्कृति प्रबद्र्धनमा २ लाख २५ हजार रुपैयाँ छुट्टिएको छ ।

त्यस्तै, पूर्वाधार विकास कार्यक्रममा देवकोटा मार्ग कालोपत्रेमा २५ लाख, शान्ति टोल छठ मार्ग तथा मस्जिद मार्ग डे«न निर्मँणमा ५ लाख, नारी सृजना परोपकार वरीपरी डे«न निर्माणमा ५ लाख, पूरानो न्यूभिजन दक्षिण पूर्णमा रणबहादुर थापाको घर पश्चिम राम थापाको घर हुँदै पैनीसम्म ह्युमपाइपसहित डे«न निर्माणमा ३ लाख ६८ हजार १ सय ७ रुपैयाँ, विजय मार्ग राइस मिल जाने बाटो पूराई ग्राभेलमा ३ लाख २ हजार, सरस्वती मार्ग अर्जुन न्यौपानेको घर पश्चिम दिवाकर भट्टराईको घरसम्म इन्टरलक ब्लक निर्माणमा ३ लाख, कञ्चन मार्ग इन्टरलक ब्लक निर्माणमा ३ लाख, पार्लेन्स स्कुत उत्तर पूर्वको बाटो इन्टरब्लक निर्माणमा ३ लाख, प्रगति टोल भूपाल कार्कीको घरको बाटो डे«न निर्माणमा ३ लाख, ठूलो भृकुटी पूर्वतर्फको बाटोमा डे«न निर्माणमा ३ लाख, कुलुङ चौकदेखि ८ नं. वडाको सिमानासम्म डे«न निर्माणमा ३ लाख, श्रीकृष्ण मार्ग भद्रमारी जोड्ने बाटोमा डे«न निर्माणमा ३ लाख, समावेशी मार्ग सेवा सदन मार्ग पूर्वतर्फको बाटोमा डे«न निर्माणमा ३ लाख, वडाका विभिन्न स्थानमा ग्राभेल मर्मतमा ३ लाख, लालिगुँरास मार्ग पुराई ग्राभेल निर्माणमा ३ लाख, सत्सङ्ग मार्ग डे«नमा ३ लाख छुट्टिएको छ । त्यस्तै, वन वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रममा कुलोपैनी निर्माण तथा ढल निर्माण तथा मर्मतमा ३ लाख, कुलोपैनी निकास तथा ढल सरसफाई १ लाख ९९ हजार ८ सय ६४ रुपैयाँ र बृक्षारोपण तथा हरियाली कार्यक्रममा ३ लाख रुपैयाँ छुट्टिएको छ । उर्लाबारी–७ को चिउरामिलदेखि तल्लो भागमा कुनै बजेट छुट्याइएको छैन । प्राथमिकताको आधारमा भन्दा पनि नेता तथा कार्यकर्ताहरुको योजनाले यस पटकको बजेटको प्राथमिकतामा परेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय