उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ ।०८० को बजेट, योजना र कार्यक्रम प्रस्तुत भएको छ ।
जसमा उर्लाबारी वडा नं. २ ले आर्थिक विकासमा वडाभरीका मौरीपालक कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा घार वितरणमा १ लाख, शिवालय मन्दिरमा पर्यटकीय स्तम्भ निर्माणमा १ लाख, कृषकहरुका लागि पटुवा खाडीको जरुवा पैनी निर्माणमा १ लाख, देवीझोडा पैनी निर्माण तथा मर्मत सम्भारमा १ लाख, २ नम्बर भरीका कृषकहरुका लागि मोटर बोरिङ्ग वितरणमा २ लाख, ५० प्रतिशत अनुदानमा वडाभरीका कृषकहरुका लागि तरकारीका विउ वितरणमा ५० हजार, पर्यटन प्रर्वद्धनका लागि धिमाल जातीहरुको सालवारी बुढाठाकुर महाराज थान मन्दिरमा मुर्ति निर्माणमा १ लाख, पर्यटन प्रर्वद्धनका लागि सृजना सामुदायिक वनमा प्रतिक्षालय निर्माण तथा मर्मतमा २ लाख, पर्यटन प्रर्वद्धनका लागि वन देवीथान घेराबारा, मर्मत सम्भारका लागि ५३ हजार ९ सय १०, पर्यटन प्रवद्र्धनका लागि गोपाल कोइरालाको घर हुँदै बुढाठाकुर महाराजथान जाने बाटो ग्राभेलमा १ लाख छुटिएको छ ।

त्यस्तै, सामाजिक विकासमा सुनपकुवा माविमा फर्निचर ब्यवस्थापनका लागि १ लाख, सुनझोडामा माविमा नयाँ जस्ता पाता र मर्मतका लागि १ लाख, सरस्वती आधारभूत विद्यालय सिरुझारमा फर्निचर ब्यवस्थापनमा १ लाख, शान्ति आधारभूत विद्यालय भुसीमा कम्पाउण् घेराबारामा १ लाख, जेष्ठ नागरिक सम्मान कार्यक्रममा ५० हजार, दलित तथा जेहेन्दार गरिब विद्यार्थीहरुलाई पठनपाठन सामाग्री वितरणमा ५० हजार, वडाभरिका एकल महिलाहरुलाई बाख्रा तथा सुगुरका पाठा वितरणका लागि १ लाख, राई जातीहरुका लागि साकेला थान, गेट निर्माण तथा मर्मका लागि १ लाख, भुसी महाराजथानको वाल निर्माण तथा मर्मतका लागि १ लाख, वडाभरीका अपाङ्गता भएका ब्यक्तिहरुका लागि सचेतना तथा सिपमूलक कार्यक्रमका लागि १ लाख, महिला जागरण तथा सशक्तिकरणका लागि उद्घोषण तथा अन्य उपयोगी कार्यक्रममा ५० हजार, वडाभरिका विपन्न नागरिकहरुको स्वास्थ्य बिमाका लागि २ लाख, कटहरे महाराज थान पुजा घर निर्मँण तथा मर्मतमा १ लाख, सानो सुनपकुवा महाराजथानको मन्दिर निर्माण तथा मर्मतका लागि १ लाख, संस्कृति प्रर्वद्धनका लागि बुढाठाकुर महाराजथान आउने बाटोमा ग्राभेलमा १ लाख, संस्कृति प्रबर्घनका लागि तीनघरे महाराज थानमा जाने बाटो ग्राभेल तथा मर्मतमा १ लाख ५ हजार ८ सय ६४, वडाभरिका बासीको स्वास्थ्य जाँचका लागि मधुमेह जाँच किट उपकरण खरिदका लागि ५० हजार, पूरानो मंगलबारे मिना रम्तेलको घरदेखि शिवालय मन्दिर जाने बाटोमा भर्याङ्ग निर्माण तथा मर्मतका लागि ५० हजार छुटिएको छ ।

त्यस्तै, पूर्वाधार विकासका लागि सिरुझारमा दनुवार मन्दिर मर्मत तथा शौचालय निर्माणमा ३ लाख, वडा कार्यालयको भवन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको परिसर घेराबार, डे«न तथा पार्किङ निर्मँणमा २५ लाख, परिवर्तन मार्गमा कल्भर्ट निर्माणमा ४ लाख, द्दरद्दरे पैनीमा कल्भर्ट मर्मतमा ३ लाख, पुरानो राधाकृष्ण मन्दिर घेराबारामा ३ लाख, सुनझोडा महाराजथानको जागरणथान निर्माण साथै शौचालय निर्माणमा ५ लाख, तीनघरे महाराजथानको पुजा घर निर्माण तथा जागरणथान घेराबारा साथै मर्मतमा ५ लाख, बिच डुम्रे डे«न निर्माण तथा मर्मतमा ६ लाख ६ हजार ५ सय ८५, नागेश्वर शिवालय मन्दिरको छत ढलान स्लायव ढलान तथा रंथरोगनका लागि ३ लाख, वडा कार्यालय भवनको माथि मिटिङ हल निर्माणका लागि ट्रष्ट निर्माण, फर्निचर तथा खानेपानी ब्यवस्थापनका लागि ७ लाख, गुरुङ टोलमा पानी निकासका लागि बाटोमा एकतर्फी डे«नमा ३ लाख छुटिएको छ । त्यस्तै, वन, वातावरण तथा विपद ब्यवस्थापनका लागि बाढीले क्षतिग्रस्त बनाएको दनुपार टोल जाने बाटोमा मिनिसाइजको पुल मर्मतमा ७ लाख, त्रिवेणी चौकको ट्रान्सफर्मर स्थानान्तरणका लागि ७२ हजार ७ सय ३८ बजेट छुटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय