उर्लाबारी । मोरङको उर्लाबारी–७ को मावा खोला किरानामा दिगो तटबन्धनसहितको पर्यटकीय क्षेत्र बनाउन युवाहरु जुटेका छन् ।
मावा खोलाको किनारामा नमूना पर्यटकीय क्षेत्र बनाउन युवाहरुले जमर्को थालेका हुन् ।
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, सामाजिक ब्यक्तित्व जयधर्म आचार्य, छत्रबहादुर कार्की, सचिन शाक्य, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीलगायतले युवाहरुको अभियानमा साथ दिने प्रतिबद्धता जाहेर गर्नुभएको छ । करिब ३ सय मिटर खोला तटबन्धन गर्न अतिआवश्यक रहेको अभियानका संयोजक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्षेनी खोलाको समस्या खेप्दै आउनुभएका शान्ति टोलबासीहरु तटबन्धन तथा पर्यटकीय क्षेत्र बनाउने अभियानमा साथ दिन तयार रहेको स्थानीय निर्मला चौहानले बताउनुभयो ।























