काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक विचार गरियोस् तथा लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ ।
यसैगरी ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफलको लागि प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
























