उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ । ०८० को बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
यसैक्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ ले आर्थिक विकास कार्यक्रममा बौद्ध गम्बा अधुरो घेराबारा तथा मर्मतमा २ लाख, माङथान घेराबारमा २ लाख, ग्रामथान छायल्स लगाउनमा १ लाख ५० हजार, मौरीपालन कृषकहरुलाई घार वितरणमा २ लाख, कृषि टनेलमा ५० हजार, सिचाईको लागि मोटरको लागि ८५ हजार, सब्जी बजार ब्यवस्थापनका लागि १ लाख १८ हजार ३८ रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, सामाजिक विकास कार्यक्रममा विपन्न परिवारको स्वास्थ्य बिमामा १ लाख ७५ हजार, विपन्न वर्गका गर्भवती तथा सुत्केरी महिला पोषण कार्यक्रममा ५० हजार, खेलकुद सागाग्रीमा १ लाख १० हजार, स्वास्थ्य शिबिर सञ्चालनमा १लाख, सार्वजनिक स्थलमा धारा जडानका लागि ५० हजार, नाइट भिजन सिसि क्यामेरा जडानका लागि १ लाख ३० हजार, सडक दुर्घटना न्यूनिकरण सचेतनाका लागि ९० हजार, लागुऔषध सम्बन्धि सचेतना कार्यक्रममा ३० हजार, उद्घोषण तालिममा ६० हजार, जेष्ठ नागरिक सम्मान ३० हजार, गुरुगोरक्षा नाथ मन्दिरमा सलामी तथा पुजा खर्चमा १ लाख, छठ पर्व मनाउनमा २० हजार, लाखे पर्व मनाउनमा २० हजार, सोकला पर्व मनाउनमा २० हजार, लोसार पर्व मनाउन २० हजार, माङथान एले तेङ्वे बनाउनमा २० हजार चौधरी संस्कृतिको जर्गेणमा २५ हजार, मगर संस्कृति जर्गेणमा २५ हजार, महिला सिपमुलक तालिममा १ लाख, गुरुगोरक्षनाथमा बाल कक्षा सञ्चालनको लागि पोशाक, पोषण आहार तथा खेलकुद सामाग्रीका लागि ८९ हजार ५ सय ५८, सामुदायिक विद्यालयमा अध्ययरत विपन्न जेहेन्दार विद्यार्थीहरुको स्टेशनरी तथा ब्याग विरतण कार्यक्रममा ४० हजार, विपन्न एकल महिला तथा विपन्न दलित महिलाहरुलाई स्वनिर्भर हुन बाख्राको पाठा वितरणमा ५० हजार, विपन्न परिवारको लागि नियमति स्वास्थ्य शिबिर सञ्चालन तथा औषधि वितरणका लागि १ लाख, इसाइ धर्म पर्व मनाउन २० हजार छुट्याइएको छ ।
त्यस्तै, पूर्वाधार विकास कार्यक्रममा रामनगर चौक उत्तर सिमसार जाने बाटो कालोपत्रेमा २५ लाख, संगम मार्ग डे«न निर्माणमा ७ लाख, त्रिवेणी मार्ग डे«न निर्माणमा ७ लाख, हाम्रो टोल पेवल ब्लक निर्माणमा ३ लाख, नवदुर्गा मार्ग डे«न निर्माणमा ३ लाख, माझी चौक दक्षिण डे«न निर्माणमा ५ लाख, चेनगेट र भवन ब्यवस्थापन थापा चौक सामुदायिक भवनमा ३ लाख, साकेला अधुरो शौचालय निर्माणमा ३ लाख, शान्ति मार्ग डे«न निर्माणमा ३ लाख, मदन मार्ग एतर्फ डे«न निर्माणमा ३ लाख, दुर्गा मावि कम्पाउण्ड वाल निर्माणमा ३ लाख, नयाँ मंगलबारे ब्जार ब्यवस्थापन तथा टहरा निर्माणमा ३ लाख २० हजार ६ सय ६३ छुट्याइएको छ । त्यस्तै, वन, वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रममा बाहघरे सुकेहोली रिटेनिङ्ग वा निर्माणमा १ लाख, सृजना टोल पूर्व तेली खोला तटबन्धनमा २ लाख २५ हजार, मंगलबारे चौकदेखि गोविन्द पोख्रलेलको घर पछाडिको पैनीमा रिटेरिङ वाल निर्माणमा १ लाख ५२ हजार १ सय २७ रुपैयाँ छुटिएको छ ।
























