उर्लाबारी, आगामी आर्थिक वर्षका लागि उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलले प्रस्तुत गरेको बजेट पारित भएको छ ।
असार १० गते प्रस्तुत भएको बजेट नगरपालिकाको आठौं नगरसभाको आज बसेको तेस्रो बैठकले पारित गरेको प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो । मेयर गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा आ.व. २०७९ । ८० को वजेट योजना तथा कार्यक्रम, आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ माथि छलफलसहित पारित भएको उहाँले बताउनुभयो । नगरसभाको अर्को बैठक असार १७ गते बस्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय