उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ । ०८० को बजेट,योजना तथा कार्यक्रम प्रस्तुत भएको छ ।
यसैक्रममा उर्लाबारी नगरपालिका वडा नं. ६ ले आर्थिक विकास कार्यक्रममा उर्लाबारी वडा नं. ६ भरी सिचाई बोरिङमा ६ लाख, मकैको बिउ वितरण ५० प्रतिशत अनुदानमा २ लाख ८० हजार, तरकारीको बिउविजन वितरण कार्यक्रममा ५० प्रतिशत अनुदनमा १ लाख २० हजार रुपैयाँ छुट्टिएको छ । त्यस्तै, सामाजिक विकास कार्यक्रममा सिलाई कटाई तालिम दलित तथा विपन्नमा १ लाख, ढाका बुनाई विपन्न वर्गमा १ लाख, बृद्ध चौतारीको मासिक कार्यक्रममा खाजा खर्चमा ५० हजार, खेलकुद विकासमा ९० हजार, समूह विकास तालिममा ३० हजार, संस्कृत पाठशालालाई खाद्यान्य सहयोगमा १ लाख, हस्तकला तालिममा ५० हजार, परोपकार जेष्ठ नागरिक मासिक कार्यक्रम खाजा खर्चमा ५० हजार, उद्घोषण तालिममा ८० हजार, कौशी खेती तालिममा ५० हजार, गर्भवती तथा सुत्केरी पोषण कार्यक्रममा १ लाख २० हजार रुपैया, विभिन्न समूहलाई माइन्युट लेखन तालिममा ५० हजार, किरता राई यायोख्या सांस्कृति सामान खरिदमा २० हजार, धिमाल ग्रामथान घेराबारामा ३ लाख, राधिका माबिको स्काउट ब्यवस्थापनमा १ लाख, जेष्ठ नागरिक सम्मानमा ५८ हजार १ सय ६१, राधिमा माबिभित्र बाल उद्यान निर्माणमा २ लाख छुट्याइएको छ ।
त्यस्तै, पूर्वाधार विकासमा सेचत मार्ग बाटो कालोपत्रेमा २५ लाख, बानडाडा पछाडि स्ल्याब र बाटो निर्माणमा ९ लाख, सञ्चार मार्ग क डे«न तथा ग्राभेलमा ९ लाख, सञ्चार मार्ग ख डे«न निर्माण तथा ग्राभेलमा ९ लाख, सिमान बस्तीको बाटो डे«न निर्मँणमा ९ लाख, सिमाना बस्तीको पश्चिमतर्फबो बाटो ग्राभेलमा ३ लाख र वडाभरी सडक बत्ति जडानमा ४ लाख छुट्याइएको छ । त्यस्तै, वन, वातावरण तथा विपद ब्यवस्थापनमा वातावरण सम्बन्धि सचेतनामूलक तालिममा १ लाख, च्यापकटर वितरणमा २ लाख १० हजार, वडाभरीका नाला सरसफाईमा २ लाख ९० हजार र वडाभरीका आवश्यक स्थानमा स्ल्याब निर्माणमा १ लाख छुट्याइएको छ ।























