उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ । ०८० को बजेट,योजना तथा कार्यक्रम प्रस्तुत भएको छ ।
यसैक्रममा उर्लाबारी नगरपालिका वडा नं. ८ ले आर्थिक विकास कार्यक्रममा मकैको विउ वितरणमा ३ लाख, बक्राहा सोल्टी पैनी मर्मतमा २ लाख, सिचाई बोरिङ वितरणमा २ लाख, एकल महिला तथा विपन्नलाई बंगुरको पाठा वितरणमा २ लाख ५० हजार, सिलाई बुनाई तालिममा २ लाख ६३ हजार १ सय २ छुट्याइएको छ ।
त्यस्तै सामाजिक विका कार्यक्रममा अठियाबारी ग्रामथान माटो पुराईमा ८० हजार,गणेश मन्दिर रंगरोगन तथा मर्मतमा १ लाख, सिंहदेवी मन्दिर ब्यवस्थापनमा ५० हजार, सत्य बचन इश्वरी मार्ग ब्यवस्थापनमा १ लाख, बालबालिका कार्यक्रममा ३९ हजार ६ सय ५३, जेष्ठ नागरिक सम्मानमा १ लाख २० हजार, अपांग नागरिक सम्मानमा १ लाख, महिला हिंसाविरुद्ध सचेतना कार्यक्रममा १ लाख, बुढाठाकुर ग्रामथान ब्यवस्थापनमा २ लाख, बालबिसौनी ग्रामथान ब्यवस्थापनमा २ लाख, विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमामा १ लाख २० हजार, चासोक तङ्नाममा ३० हजार, क्रिसमस डे मनाउनमा ३० हजार, विपन्न गर्भवती तथा सुत्केरी महिला पोषणमा १ लाख ३० हजार, चर्चको माटो पुराईमा ५० हजार, जितिया पर्व मनाउनमा ३० हजार, छठ पर्व मनाउनमा ३० हजार, राधाकृष्ण मन्दिरको फर्निचर ब्यवस्थापनमा १ लाख, सन्थाल नृत्यमा ३० हजार, सन्थाल मन्दिर हेराबारामा ५० हजार, नारी दिवस मनाउन ३० हजार, अल्पसंख्यक विपन्न वर्गलाई प्रत्यक्ष लाभ हुने योजनामा १ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, पूर्वाधार विकास कार्यक्रममा अधुरो साइडवाल निर्माणमा प्रगति मार्ग हुँदै मेरी टोल उत्तरमा २५ लाख, सरस्पति मार्ग था विपी चौक पश्चिम बाटो ग्राभेलमा ७ लाख, सन्थाल टोल जाने बाटोमा ग्राभेलमा ४ लाख, प्रतिभा बोर्डिङ र नवदुर्गा मार्ग ग्राभेलमा ७ लाख, रिर्सोट उत्तरको बाटो ग्राभेलमा ३ लाख, शान्ति क्षेत्र स्कुल घेराबारमा ४ लाख, कुमार श्रेष्ठको घर दक्षिण डे«न निर्माणमा ३ लाख ५० हजार, सिमसार मार्ग साइडवाल निर्माणमा ७ लाख, सिसौली साइडवाल माटो पूराईमा ४ लाख, बुद्धि सोरेनको घरको बाटो ग्राभेलमा ३ लाख, कदम टोली उत्तर पोखरी जाने बाटो ग्राभेलमा ४ लाख, कदम टोली साइडवाल निर्माणमा ७ लाख, बाल विकास र पक्की चौतारा घेराबारा अठियाबारीमा ३ लाख ९९ हजार १ सय छुट्याइएको छ ।
त्यस्तै वन, वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रममा सार्वजनिक शौचालय आम्बारीमा २ लाख ४९ हजार १ सय ७१, चौधरी टोलको डे«नमा माटो पुराईमा १ लाख र निधी सरको घर पश्चिम कल्भर्ट निर्माणमा ५ लाख छुट्याइएको छ ।























