उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ । ०८० को बजेट,योजना तथा कार्यक्रम प्रस्तुत भएको छ ।
यसैक्रममा उर्लाबारी नगरपालिका वडा नं. ९ ले आर्थिक विकास कार्यक्रममा उन्नत जातको मकैको बिउ ५० प्रतिशत अनुदानमा ३ लाख, विपन्न बर्गलाई सुगुरको पाठा तथा बाख्राको पाठा वितरणमा ३ लाख, महिला सिपमुलक तालिममा १ लाख ५० हजार, कृषि तालिममा १ लाख, एकल तथा दलित महिलालाई डल कुसन तालिममा ५० हजार ८ सय ९४, सिचाई मोटर खरिद कार्यक्रममा २ लाख ५० हजार छुट्याइएको छ ।
त्यस्तै, सामाजिक विकास कार्यक्रममा विभिन्न टोलमा सूचना पार्टी ब्यवस्थापनमा ५० हजार, महाराज थान, धिमाल धान र राधाकृष्ण मन्दिर घेराबारमा १ लाख, राजघाट आधारभूत माबिको अधुरो चमेना गृह निर्माणमा ५० हजार, गुरुङ टोल गुम्बा मर्मतमा १ लाख, महिला सशक्तिकरणमा १ लाख, जेष्ठ नागरिक सम्मानमा १ लाख, विपन्न वर्गका गर्भवती तथा सुत्केरी महिलालाई पोषण कार्यक्रममा ५० हजार, आदिबासी जनजातिको धर्म संस्कृति कार्यक्रममा २ लाख ५० हजार, उज्यालो समाज नेपाल राजघाट सडक बत्तीमा ७६ हजार ३ सय ४०, नवदुर्गा मन्दिर नेगी टोल घेराबारामा २ लाख, चासोक तङ्नाम स्थलमा शौचालय निर्माणमा ५० हजार, महिला सेनेटरी प्याड बनाउने तालिममा ५० हजार, महाराज थान आधारभूत माबि रंगरोगनमा १ लाख, युवा तथा खेलकुमा १ लाख, सार्वजनिक माबि फर्निचर तथा खेलकुदमा १ लाख, युवा, महिला क्षमता विकास तालिममा १ लाख, प्रभात आधारभूत माबिमा विद्युत सामाग्री ब्यवस्थापनमा ५० हजार छुट्याइएको छ ।
त्यस्तै, पूर्वाधार विकास कार्यक्रममा वडा कार्यालयदेखि दक्षिण लामा टोली पोखरी बाँध सडक कालोपत्रेमा ३० लाख, आम्बारी बजारदेखि दक्षिण पिपल चौक सडक कालोपत्रेमा २५ लाख, मलामी जाने बाटो छिन्ताङे टोल स्ल्याप कल्भर्टमा ३ लाख ५० हजार, सिम्बु टोल पूर्व भक्तबहादुर योञ्जनको घर जाने बाटोमा दोभान सिचाईको पैनीमा कल्भर्टमा ४ लाख, सुपारी बगान ग्राभेलमा ३ लाख, लावती टोलबाट मलामी मार्ग जाने बाटो ग्राभेलमा ३ लाख, भण्डारी टोल मिलदेखि दक्षिण ग्राभेलमा ४ लाख ७६ हजार ७६, जाम्बुलिङ होइसेर बौद्ध गुम्बामा हल निर्माणमा ५ लाख छुट्याइएको छ । त्यस्तै, वन, वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रममा चेक्र टोल पूर्व मावा खोलामा नदी नियन्त्रणमा १ लाख ५० हजार, आधारभूत स्वास्थ्य केन्द्र बरण्डासहित पार्नेन महाराजथानमा १ लाख, बोडरलाइन महाराजथान नाला बनाउनमा ५५ हजार, आसामे टोल नाला बनाउनेमा ५० हजार, रातेहोली तल्लो नाला बनाउने कार्यमा ५० हजार, ज्योतिष मगर टोल फलामे पाइप पुल निर्माणमा २ लाख ६ सय २५ र वडा नं. ८ र ९ ओभल रातेहोली फलामे पाइप पुलमा २ लाख छुट्याइएको छ ।























