कैलाली । कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला पर्नुभएको छ ।
डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा घाइते अवस्थामा फेला पर्नुभएको हो । सोमबार उहाँमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ । भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार ४÷५ जनाको समूहले उहाँमा आक्रमण गरेका थिए ।
उहाँ खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयले उहाँको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले जानकारी दिनुभएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ । उहाँको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भण्डारीलाई उपचारका लागि धनगढी ल्याइएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय