उर्लाबारी । प्रदेश सरकारबाट समपुरक अनुदानमा उर्लाबारी नगरपालिका भानु मार्ग (उर्लाबारी–४ मलामी चौताराबाट वडा नं. ८ जोड्ने) सडक कालोपत्रेका लागि १ करोड छुट्टिएको छ ।
मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) का अनुसार उक्त सडकका लागि १ करोड छुट्टिएको हो । त्यस्तै, मिक्लाजुङ गाउँपालिकामा मगर खोला मोटरेवल पुल निर्माणमा १ करोड छुट्टिएको छ ।























