उर्लाबारी । लगातारको बर्षासँगै उर्लाबारीको अधिकांश क्षेत्र डुवानमा परेको छ ।
ढल निकासका लागि उचित ब्यवस्था नभएका कारण वस्ती, सडक क्षेत्र जलमग्न भएका हुन् । बर्षेनी बर्षाको समयमा उर्लाबारी क्षेत्र डुबानमा पर्दै आएको भएपनि ढल निकासका लागि ठोस योजना बन्न सकेको छैन ।























