उर्लाबारी । उर्लाबारी नगरपालिकाले विपद्जन्य घटनाबाट सुरक्षित रहन आग्रह गर्दै कुनै सहयोग आवश्यक परे तत्काल खबर गर्न अपिल गरेको छ ।

नगरपालिका कार्यालयले आज बेलुका एक सुचना जारी गर्दै बाढी र डुबानबाट सुरक्षित रहन आग्रह गर्दै कुनै सहयोग आवश्यक परे तत्काल सम्पर्क गर्न नगरबासीमा आग्रह गरेको हो । विपद्को यस समयमा सचेत रहनका साथै कुनै सहयोग आवश्यक परेमा आफुलाई वा सम्बन्धित वडामा जनप्रतिनिधि तथा नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५२०४२४६० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय