उर्लाबारी । उर्लाबारी नगरपालिकाका पहिलो मेयर तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले अविरल बर्षाका कारण बाढीको जोखिम बढ्दै गएको भन्दै सचेत रहन सबैमा अपिल गर्नुभएको छ ।
आज नेता फागोले सचिवालयमार्फत अविरल बर्षाका कारण स्थानीय खोला, नहर, पैनीलगायतमा पानीको बहाव बढ्दै गएको र त्यसबाट सचेत रहन सबैमा अपिल गर्नुभएको हो । नेता फागोले खोला छेउछाउमा बसोवास गर्ने प्रदेशबासीहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले बाढीको जोखिम भएका स्थानका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभयो । बर्षासँगै उर्लाबारी क्षेत्र डुवानमा परेको र आफ्ना स–साना बालबालिकाहरुलाई जथाभाबी नछोड्न पनि नेता फागोले अनुरोध गर्नुभएको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरु सबैलाई जनताको समस्यामा सारथी बन्न आग्रह पनि उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय