उर्लाबारी । अविरल बर्षा र बाढीको कारण मोरङको उर्लाबारी नगरपालिकाले दुई दिन विद्यालय विदा दिएको छ ।
नगरपालिकाले असार १६ र १७ गते विद्यालयमा विदा दिने निर्णय गरेको हो । लगातार भारी वर्षा भईरहेको र आगामी दिनमा पनि अत्याधिक बर्षा हुने पूर्वानुमान भएकोले नगरभित्रका विद्यालयहरू विदा गर्ने निर्णय गरिएको उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएको छ । विद्यालय भित्रैसम्म पानी पस्दा अध्यापनमा समस्या भएको छ । अविरल वर्षाका कारण नगरका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय