उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा प्रवक्ता भीष्मराज बुढाथोकीले मजदुरबीच देखिएको विवाद मिलेको छ ।
मदन भण्डारी ट्रमा सेन्टरको ओपिडी भवन निर्माणको क्रममा वडाध्यक्ष बुढाथोकीले दुई जना मजदुरलाई कुटपिट कुरा सार्वजनिक भएको थियो । तर, मजदुरहरुले नै कुटपिट नभई भनाभन मात्रै भएको बताएका छन् ।

आज वडाध्यक्ष बुढाथोकीसहित मजदुरबीच देखिएको विवाद मिलेको छ । झापाको बिर्तामोड नगरपालिका – ६ का २८ वर्षीय मो. सहिफु र सोही ठाउँका राजेश खानलाई सोमबार कुटपिट गरेको आरोप लागेको थियो । उनीहरुले दुबैले आवेगमा कुटपिट गरेको मिडियामा बताएपनि भनाभनमात्रै भएको बताएका छन् । प्रदेश सरकारको बजेटमा मदन भण्डारी ट्रमा सेन्टरको ओपिडी भवन निर्माण भइरहेको छ ।

भवन निर्माणमा मजदुर सहिफु र खान काम गर्दै आएका थिए । वडाध्यक्ष बुढाथोकीले भवन निर्माणको क्रममा अनुगमन गर्ने क्रममा सामान्य भनाभन मात्र भएको बताएका छन् । ‘भवन निर्माण भइरहेको थियो । मैले कामलाई छिटो र गुणस्तरीय बनाउनु पर्छ भन्दै सम्झाइ बुझाई मात्र गरेको हो,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘मैले मजदुरहरूलाई कुटपिट गरेको भ्रामक समाचार फैलाइयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय