मोरङ । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
खातुनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाउनुभएको थियो । राजीनामा पत्र बाचन पछि उहाँले राजीनामा स्वीकृत भएको जानकारी गराउनुभयो । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनको राजीनामा स्वीकृत भएपछि समानुपातिक तर्फको एउटा पद रिक्त रहेको जानकारी गराइएको छ । मोरङबाट प्रतिनिधित्व गर्ने खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो ।























