उर्लाबारी । ‘बर्षेनी बाढी आउँछ, खेत बगर बन्छ । मन्त्री आउँछन्, रमिता हेर्छन् अनि फर्किन्छन्’ मोरङको उर्लाबारी वडा नं. ९ का एक जना बाढी पीडित भन्दैथिए । त्यही बेला प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की उर्लाबारी – ९ आदर्श चौकमा मावा खोलाले बाँध कटानको निरीक्षण गरिरहनुभएको थियो ।
मन्त्रीहरुले पटक पटक कटान क्षेत्रको निरीक्षण गरेपनि दिगो तटबन्धका लागि पहल नगरेका कारण बर्षेनी दुःख खेप्नु परेको गुनासो स्थानीयको छ । मन्त्री कार्कीसँगै उर्लाबारीका मेयर गंगाप्रसाद खरेल, उपमेयर मिना खतिवडा, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, वडाध्यक्ष नरबहादुर मोक्तान, जनताको तटबन्ध कार्यक्रमका प्रमुखलगायतको टोलीले निरीक्षण गरेको छ । सो टोलीसमक्ष स्थानीयबासीले गतवर्ष पनि बाढीका कारण सयौँ विगाहा खेतमा क्षति पुर्याउनुका साथै बिस्थापित हुनु परेको गुनासो राख्दै स्थायी तटबन्धन गरिदिन आग्रह छन् । मन्त्री कार्कीसहितको टोली तटबन्धका लागि पहल गर्ने आश्वासन भने सथानीयबासीलाई दिएका छन् । आश्वासन पाइएको छ, तटबन्ध हुन्छ की रमिता मात्रै हेर्ने हुन् भन्ने स्थानीयले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय