उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले आफ्नो क्षेत्रका खोलाहरुको दिगो तटबन्धमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज प्रदेश सभामा बोल्दै उहाँले मावा, बक्राहालगायतका खोलाले बर्षेनी दुःख दिँदै आएकाले त्यसतर्फ उचित ध्यान दिनु पर्नेमा जोड दिनुभएको हो । उक्त खोलाहरुले बर्सेनी ठूलो क्षति गराउँदै आएको छ ।























