मोरङ । स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिनाको पार्टी प्रतिको गैर जिम्मेवारी र गद्दारीको कारण माओवादी केन्द्रले चुनाव हार्नु परेको निष्कर्ष निकाल्दै कारबाहीको लागि सिफारिस भएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा तीन दलको साझा उमेद्वारको रुपमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिना उठेका थिए । नेकपा (एस), जसपा र माओवादीको साझा उमेद्वार दिनानाथ तिम्सिनाले २०७४ सालमा माओवादीले एक्लै उठ्दा ल्याएको मतको आधा भन्दा अझै कम मत पाएका थिए । २०७४ को निर्वाचनमा माओवादी एक्लै निर्वाचन लड्दा मेयरका उमेद्वार जहरमान लिम्बूले ६ हजार ७८६ मत ल्याएका थिए । यो पटकको निर्वाचनमा तीन पार्टीको साझा उमेद्वार रहेका तिम्सिनाले ३ हजार २७६ मत मात्र प्राप्त गरेका थिए । माओवादी केन्द्रले ६ वडामा अध्यक्षसहित निर्वाचन लडेका थिए । नेकपा (एस)ले १ नं. वडामा तीन पार्टीको प्यानल लडेका थिए । गठबन्धनको तर्फबाट कलम चिन्ह (नेकपा (एस)मा उपप्रमुखको उमेद्वार बिन्दु राईले तिम्सिनाको भन्दा ७४१ मत बढी ४ हजार १७ मत ल्याएका थिए ।

निर्वाचन समीक्षाको माग भइरहेपनि पनि झण्डै ३ महिनापछि सुक्रबार (असार १७) समीक्षात्मक बैठक बोलाइएको थियो । कार्यकर्ताहरुबाट समीक्षाको माग भइरहेपनि पार्टी नगर अध्यक्ष चेतन दाहाल, नगर प्रमुखको उमेद्वार प्रदेश समिति सदस्य समेत रहेका नगर इन्चार्ज दिनानाथ तिम्सिनाले चासो नदेखाएपछि उपाध्यक्ष गोबिन्द कटुवाल, सचिव मोहन लिम्बू लगायत समिति र पार्टी केन्द्रीय सदस्य गीता तिम्सिना, संविधान सभा सदस्यसमेत रहेका प्रदेश समिति सदस्य लालबहादुर सुश्लिङ मगर, रञ्जु कटुवाल लगायतको सल्लाहमा सुक्रबार पथरी बहुमुखी क्याम्पसमा पार्टीले निर्वाचनको समीक्षा बैठक बोलाएको थियो । बैठकमा इन्चार्ज दिनानाथ तिम्सिना र अध्यक्ष चेतन दाहाल उपस्थित भएनन् । समीक्षा बैठकमा नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिनाले टोलटोलमा भोट माग्नुको सट्टा कांग्रेसको तर्फबाट आउने प्रतिनिधि सभा निर्वाचनको संभावित उमेद्वार सुनिल शर्मा र एमालेका नेताहरु सँग अस्वभाविक भेटघाट गरेको, पार्टी समितिलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेगरेको, टिकट निले बेला चुनावी चर्ख ब्यबस्थापन गर्छु भनेपनि मतदान हुने २, ३ दिन अघि एकैपैसा निकालल्दिन भनेर पार्टी प्रति गद्दारी गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस गर्नु पर्ने विचार राखेका थिए । उनले नगरको बिभिन्न सेवामा आफन्तलाई करारमा नियुक्त गर्ने, मुद्धाहरु ब्यक्तिगत लाभमा बिक्री गर्ने र जनताको नजरमा गिरेका ब्यक्तिलाई पार्टीले उमेद्वार बनाएकै कारण पार्टी संकटमा परेको बताएका थिए । बैठकमा १ नं. वडाबाट भुवान सिंह लिम्बू, २ बाट भुपेन्द्र खड्का, ३ बाट टंक पराजुली, ४ बाट धनपाल देवान, ५ बाट प्रताप खतिवडा, ६ बाट पुनम खतिवडा, ७ बाट दोर्ण खड्का, ८ बाट डाइमन, ९ बाट ईश्वर चौहन, १० बाट राजकुमार बिष्टले चिर्वाचनको बारे रिर्पोटिङ, निर्वाचनमा बेहोर्नु परेका समस्या र पराजयको करणहरु राखेका थिए । नगर समितिको सहसचिव समेत रहेका वडा नं. १० को वडा अध्यक्षको उमेद्वार रबिन्द्र राईले जनताको काममा ध्यान नदिएको र ब्यक्ति स्वार्थको कारण कांग्रेससँग तालमेल नभएकोले पार्टीले हार बेहोर्नु परेको बताए । नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिना मत गणना स्थलमा एक दिन पनि नआएको गणनामा बस्ने कार्यकर्ताहरु कसरी बसे भन्नेसम्म ध्यान नदिएको बताए । कृष्ण बस्नेतले पैसा भएका दिनानाथ तिम्सिनालाई टिकट दिएपनि पैसा ननिकालेकै करण लज्जास्पद हुनुपरेको बताए ।

कार्यक्रममा बक्ताहरुले देवराज भण्डारी, पूर्ण पाख्रिन, फौद खड्का, तेजेन्द्रराज भण्डारी, बिजय डाँगी, पूर्ण कार्की लगायतले दिनानाथ तिम्सिनाकै कारण पार्टी छाडेको अभिब्यक्ति दिदासम्म पार्टी केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी सदस्य चुप लागेर बस्नुले समस्य थपिदै गएको बताएका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता तिम्सिनाले फटाहा परिवारमा पनि असल मानिसको जन्महुने भन्दै आफूलाई दिनानाथ तिम्सिनाको भतिजिको रुपमा नहेर्न कार्यकर्ताहरुसँग अनुरोध गरेका छन् । उनले आफू बेपत्ता योद्धा दाताराम तिम्सिनाको भतिजिको रुपमा पार्टीमा सकेसम्म असल काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन । गीता तिम्सिनाले नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिनालाई संकेत गर्दै मरेको झिंगालाई जति पछारेपनि नदुख्ने भएकोले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताए । पार्टीको तर्फबाट चुनावी अभियान्ताको रुपमा खटेका केन्द्रीय सदस्य गीता तिम्सिनाले नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिनाले टिकट लिने बेलामा चिर्वाचन प्रयोजनका लागि आर्थिक ब्यबस्थापन गर्छु भनेपनि मतदानको अघिल्लो दिन पैसा निकाल्दिन भनेपछि पार्टी पंक्ति स्तब्ध बनाएको बताए । मतदान केन्द्रमा खट्ने कार्यकर्ताहरुको लागि पार्टीको तर्फबाट खाजा र पानीको समेत ब्यबस्थापन गर्न नसकिएको स्वीकार गरे । पार्टी १ नं. प्रदेश समितिको सहसचिव रचनाले समीक्षामा उठेको सम्पूर्ण बिषय पार्टीमा जस्ताको तस्तै राख्ने बताए । संविधान सभा सदस्य समेत रहेका प्रदेश समिति सदस्य लालबहादुर मगरले कार्यकर्ताहरुले नगर प्रमुखको रुपमा अघि सार्न खोजेपनि दिनानाथ तिम्सिनाले आफू उठ्ने प्रस्ताब ल्याएपछि छाडेको बताए । तिम्सिनाले टिकट लिनु पूर्ब गरेको प्रतिबद्धता विर्सेर पार्टीको हित विपरित जित्ने परिस्थितिमा मात्र सक्रिय हुने स्थिति आएपछि जित्ने वडाहरुमा पनि असर परेको उनले बताए ।

निर्वाचनमा पार्टीको तर्फबाट जित्ने जिताउने भन्दा अन्य पार्टीका नेताहरुसँग उठबस गरेको पुष्टि भएपछि कार्यकर्तामा निरासा र अक्रोस बढेको मगरले बताए । कार्यक्रममा नगर सह इन्चार्ज बालकुमार मगर (बिकास), नेत्र पोखरेल (विशाल), १० नं. वडाको उमेद्वार रबिन्द्रकुमार राई, खेमनाथ ढुङ्गेल, मदन पोखरेल, मानबहादुर बिक, धनबहादुर मगर लगायतले बोलेका थिए । बोल्ने जति सबैको दिनानाथ तिम्सिना र पार्टी नगर अध्यक्ष चेतन दाहाललाई कारबाही गर्नुपर्नेमा एक मत थिए । केन्द्रीय सदस्य, प्रदेश समितिको सहसचिव लगायतको नेतृत्व, नगर समिति र वडाको नेताहरुको बैठकले प्रदेश समितिको सदस्य समेत रहेका इन्चार्ज दिनानाथ तिम्सिना र अध्यक्ष चेतन दाहाललाई कारबाही स्वरुप राजिनामा स्वीकृतिको सिफारिस गर्ने निर्णय गरेको छ । तिम्सिनाले केन्द्रीय सदस्य मार्फत र अध्यक्ष दाहालले सय अघिको बैठकमा राजिनामा पेस गर्दै पार्टीको कुनै कार्यक्रममा सहभागि नहुने बताएका थिए । बैठकले उपाध्यक्ष गोबिन्द कटुवाललाई कार्यबाहक अध्यक्ष दिने निर्णय गरेको छ । कटुवालकै अध्यक्षतामा भएको बैठक सचिव मोहन लिम्बूले सञ्चालन गरेका थिए । कटुवाल ९ र लिम्बू ७ नं. वडा अध्यक्षको उमेद्वार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय