कुमार खड्का, उर्लाबारी
आपत, विपद र जोखिममा परेका बेला हरेकले सम्झिने र बोलाउने भनेकै नेपाल प्रहरी हो । कुनै समस्या परेमा हामी सहयोगका लागि प्रहरीलाई खबर गछौं तर, प्रहरी निर्धारित समयमा आईनपुग्दैन् । र, हामी प्रहरीप्रति आक्रोश पोख्छौं । अनि भन्छांै ‘नेपाली पुलिस जहिलै ढिलो आउँछ ।’ तर, तीनै प्रहरीहरु कसरी आफ्नो कर्तव्य पुरा गरिरहेका छन् भनेर कहिलै सोच्दैनांै ।
मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयमा प्रहरीका २ वटा गाडी रहेका छन् २ गाडी मध्ये एउटा गाडी २० वर्ष भन्दा पुरानो भएका कारण महिनै पिच्छे विग्रिरहने समस्यामा छ भने एउटा गाडी प्राय जासो मुद्दाको म्याद थप र प्रशासनिक कार्यका लागि विराटनगर धाइरहने गर्दछ ।
समस्यामा परेका जनतालाई उद्धार र सहयोगका लागि घटना स्थलसम्म पुग्ने यी गाडीको अवस्थाबारे कसैले पनि चासो दिएको पाइदैन् । दृश्यमा देखिएको यो टाटा कम्पनीको गाडी २०६४ सालको संविधानसभा निर्वाचनताका आएको गाडी हो । यो गाडी २० बर्ष भन्दा पनि पुरानो भै सकेको छ भने यहि गाडीको भरमा प्रहरीले गस्ती गर्ने गरेको छ । यस गाडीको अवस्था हेर्दा दयनिय छ । यो गाडीको ढोका न त राम्रोसम्ग लाग्छ न त गाडीको छानाले बखर्मको पानी नै छेक्छ अनि कतिवेला कहाँ पुगेर विग्रीने हो थाहा छैन् ।
हाम्रै सुरक्षाका लागि हाम्रै गाउँघरतिर गस्तीमा खटिने यो गाडी कतिवेला कुन गाउँमा पुगेपछि धकेली माग्नु पर्ने अवस्थामा पुग्छ कसैलाई थाहा छैन । दृश्यमा देखाइएको यो गाडी मात्रै हैन अर्को गाडीको त झन कुरै नगरौ अर्को गाडी त झन महिनै पिच्छे विग्री रहन्छ अहिले पनि अर्को गाडी मर्मतका लागि विराटनगर पुगेको महिनौ हुन लाग्यो तर बनिसकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा ८ वर्ष भन्दा बढी संचालनमा रहेको माज्दा कम्पनीको यो गाडी २०६९ सालमा इलाका प्रहरी कार्यालय उर्लाबारीलाई जिल्लाले दिएको हो । जुन गाडी अहिले महिनै पिच्छे विग्रीने गर्दछ ।
जनताको सेवामा दिनरात खटिने प्रहरीलाई नागरिक र स्वयम् सरकारले समेत प्रहरीले राम्रोसँग काम गरेन भनेर दोष लगाईरहदा प्रहरीले भने कस्तो अवस्थामा काम गरी रहेको छ भन्नेमा कसैले ध्यान दिएको छैन । यस्तो कठिन अवस्थामा पनि प्रहरीले आफुले सकेजति गरिरहेको कामको पनि प्रशंसा हुने गरेको पाइदैन् । यी गाडीमा डयुटिमा खटिने प्रहरी भन्छन् बर्खाको समयमा पानी पर्दा छेक्ने राम्रो पाल सम्म छैन् , कुन गाउँमा पुगेर धकेल्नु पर्ने हो पत्तो पनि छैन । सवारी साधन उपयोगिताको नियमले पनि २० वर्ष पुगिसेको गाडी प्रयोगमा ल्याउँदा यसबाट निस्कने धुवा र ध्वनीले बाताबरण र मानव स्वास्थ्यमा असर पार्दछ तर ऐन, नियम र कानुनको परिपालना गराउने संस्था नै सरकारको अर्कमण्यताका कारण नाजवाफ रहने गर्दछन् ।
उर्लाबारी नगरपालिकाको ७५ हजार भन्दा बढी जनताको शान्तिसुरक्षामा दिन रात पहरा दिइरहेको प्रहरी आफै थोत्रो गाडीको भरमा घटना स्थलमा पुग्दा प्रहरी ढिलो आयो भनेर जनताले गर्ने तिखो गालीले उसको मनोबल कस्तो होला ? प्रहरीको यो दयनिय अवस्थाका बारेमा राज्यको साँचो बोकेर आफ्नो मर्जी अनुसार विलासिताको भिआइपी गाडी प्रयोग गर्न लागि परेका सत्ताधारीहरुको ध्यान यी प्रहरीका गाडीमा पर्नु आवश्यक देखिन्छ ।























