उर्लाबारी । कार्तिक वा मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने तयारी चलिरहँदा आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन जुटेका छन् ।
मोरङ क्षेत्र नं. १ क मा आधा दर्जन प्रदेश सांसदका लागि नाम चर्चामा आएका छन् । प्रदेश नं. १ का सदस्य अर्जुन तुम्रोक, ललित अधिकारी, शोभा पालुङ्वा चेम्जोङ, चिञ्जिबी थापालगायतको नाम चर्चामा छ । यसअघिको निर्वाचनमा ललित अधिकारी प्रदेश सांसदको उम्मेद्वार बन्नुभएको थियो । यस पटक चुनाबी गठबन्धन नभई एक्लै कांग्रेस प्रतिष्पर्धामा जाने स्थिति बन्यो भने यीमध्ये एक जना क क्षेत्रतर्फबाट उम्मेद्वार बन्ने सम्भावना छ । त्यस्तै, मोरङ क्षेत्र नं. १ ख मा भने शंकर राईलगायतको नाम चर्चामा छ । त्यस्तै, मोरङ क्षेत्र नं. १ मा डिगबहादुर लिम्बू र खड्ग फागोको नाममा चर्चामा छ । मोरङ जिल्ला सभापति लिम्बू र प्रदेश नं. १ का सह–महामन्त्री फागोमध्ये एक संघीय सांसदको उम्मेद्वार बन्ने पक्का छ ।























