धरान, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन्।
मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्। आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले लेखेका छन्। ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्वीरसहित राखेर मेयर साम्पाङले लेखका छन्, आज कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान ।’ स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन्। उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।
यतै जनप्रिय मेयर हर्क साम्पाङलाई फरक अवतारमा देखिएको छ । प्रायः सालिन मेयर साम्पाङ कड्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । एमाले वडाध्यक्षले कार्यपालिका बैठकमै बबण्डर गरेपछि एकछिन तनावको स्थिती आएको थियो । बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो । मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए ।























