उर्लाबारी । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । पार्टीहरुले निर्वाचनका लागि उम्मेद्वार छनौट गरी केन्द्रमा पठाइसकेका छन् ।
केन्द्रमा आफ्नो नाम सिफारिस भएपछि उम्मेद्वारका दाबेदारहरु यतिबेला काठमाडौंमा नेताको दैलो चाहर्दै छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका शिर्ष नेताहरुको दैलो चाहर्दै उम्मेद्वारहरु पुगिरहेका छन् । असोज २ र ३ गते समानुपातिक सूची पेश गरिने भएकाले आफ्नो नाम अगाडि पार्नेदेखि प्रत्यक्षसम्म टिकट हत्याउन जोडबल गर्दै अधिकांश जिल्लाबाट उम्मेद्वारमा नाम सिफारिस भएका यतिबेला काठमाडौंमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय