काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारी गरेको छ।

महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित महानगरमा उपस्थित हुन सूचना जारी गरेको हो।

साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभागरी प्रतिवेदन काठमाडौं महानगरमा पेश गर्न भनिएको छ।

प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।

काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ।

लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।

यस्तै हानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्राचार गरेकामा ९ वटा संस्थाले कर तिरेको महानगरपालिकाले जनाएको छ। केही दिन अगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो ।

महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्‍याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन् ।

ती ९ संस्थाहरुले मात्रै महानगरलाई ८४ लाख ३४ हजार ३ सय ६३ राजश्व बुझाएका छन् । महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो ।

महानगरका मेयर बालेन साह निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो । महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय