उर्लाबारी । मोरङको उर्लाबारीका विनोद पोखरेल राप्रपा नेपालको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।
राप्रपा परित्याग गर्दै राप्रपा नेपाल प्रवेश गर्नुभएका पोखरेललाई केन्द्रीय सदस्य बनाइएको हो । राप्रपाबाट स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयर उम्मेद्वार भई पराजित भएपछि पोखरेल राप्रपा नेपालतिर लाग्नुभएको थियो ।























