धरान । नेकपा एमाले प्रदेश १ कमिटी सदस्य किशोरकुमार कार्कीले टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउनुभएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले विरोध जनाउनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीको चाकडी गरेर टिकट ल्याउन सक्ने अवस्थामा रहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
एउटा कमरेडले भने – ‘म टिकटका लागि काठमाण्डौ जादैछु । ‘
उनले ल्याउने टिकट बसको ,प्लेनको भन्दा अरू ल्याउदैनन् भन्ने मेरो सोचाई ।म गलत पनि हुन सक्छु ।
जबसम्म केपीको मा गएर टिकट माग्ने प्रथा अन्त्य हुदैन तब सम्म सिस्ष्टम बस्दैन ।
आकांक्षीहरू सबै काठमाण्डौमा ।केपीले तिमीहरू कोही नआउ हामीले सबै अध्ययन गरेर निर्णय दिन्छौ भन्न सक्नु पर्छ । तर केपी आफैमा निरंकुश, तानाशाह एमालेभित्र । आफू र आफ्नो बाहेक कसैलाई नगन्ने दम्भ ! दुई चार जना जुठो पुरो चाटेकाहरूको रिपोर्टिगमा विश्वस्त । घरभित्र बलिरहेको आगो निभाउनु छैन , बाहिर बलेको आगोमा रमाउने ।
सबै काठमाण्डौमा लविगका लागि गा छन् । साडेको झर्ला र खामला भन्ने आशामा स्यालहरूको बथान । पार्टी कसरी जोगाउने चिन्ता हैन ,म कसरी टिकट पाम् र आफ्नो दुनो सोझ्याम् भन्ने चिन्ता !अनि पार्टीका महामहिम शक्तिशाली अध्यक्ष तेल लाउन आएका छन् भन्ने कुरामा गमक्क !
गएको स्थानीय निर्वाचनमा जे हुनु हुदैन भनियो त्यही भयो
स्वनाम धन्य नेताहरू छन् हामी कहाँ । उनीहरूको बोली केपीकोमा विक्छ तर जनतामा विक्दैन ।
केपि ओलीको स्वाभिमान , देश प्रेम , सार्वभौमसत्ताको रक्षा या ओलीको सबै योगदानलाई सिरानी लगाएर ब्लाकमेल गर्नेहरूलाई पनि आखा चिम्लेर प्रभु भनेर दण्डवत गर्नेलाई स्यावास भनेर पुरस्कृत गर्ने ?
यस्तो एमाले हामीलाई मलाई चाहिएको हैन ।काठमाण्डौ धाउने कुरा,कृयाकलाप अन्त्य गर!























