सिजुवा । मोरङको रतुवामाई नगरपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते आइतबार स्थानीय विदा दिएको छ ।
रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंह गन्गाईले शुक्रबार सूचना जारी स्थानीय विदा दिएको जानकारी गराउनुभएको हो । जितिया पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय भएको छ । मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन् । सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि नगरप्रमुख गन्गाईले दिनुभएको छ । उहाँले सबै नगरवासीमा जितिया पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय