काठमाडौं ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ टोखास्थित भट्टराईको निवासमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो । भेटवार्तामा अध्यक्ष प्रचण्डसँग गम्भीर वैचारिक राजनीतिक छलफल भएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

अध्यक्ष भट्टराईले भनेका छन् : ‘ऐतिहासिक जनयुद्धका उपलब्धी संस्थागत हुनुको सट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउँदै गैरहेको सन्दर्भमा प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल भएको छ ।’ उनले छलफलमा जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड दिइएको समेत बताएका छन् । अध्यक्ष प्रचण्ड भट्टराई निवासमा साँझ डिनरका लागि पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय