साफेबगर,अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए ।

४ दिनदेखि निरन्तर आएको बर्षाले बाटो अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए । यस्तै, जिल्लाको ढकारी गाउँपालिका वार्ड न।६ सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु २ जना घाइते छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय