२०७२ असोज ३ गते संविधानसभाले बनाएको संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गर्नुभएको थियो । पहिलो पटक २०६४ चैत २८ गते निर्वाचन भई गठन भएको संविधानसभा चार वर्षपछि बिना उपलब्धि विघटन भएको थियो । संविधानसभाका लागि दोस्रो पटक २०७० मंसिर ४ गते निर्वाचन भएको थियो ।
संविधान जारी हुने बेला दलहरु विभाजित भएका र कतिपयले संविधानसभा नै बहिष्कार गरेका कारण यसको पूर्ण स्वीकार्यताका विषयमा अहिले पनि छलफल हुने गरेको छ । कतिपयले अझै पनि यो दिनलाई विरोध दिवसका रुपमा मनाइरहेका छन् ।
यद्यपि संविधान अनुरुपमा संरचनाहरु बनेर कार्यान्वयनमा भइरहेका छन् । संघीय प्रणाली अनुरुप सातै वटै प्रदेशले संवैधानिक अधिकार प्रयोग गर्दै आफ्नो काम कारबाही सञ्चालन गरिरहेका छन् । ७ सय ७३ वटा स्थानीय तह पनि सञ्चालनमा छन् ।























