काठमाडौं, काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।कागेश्वरी मनोहरा नगरपालिका- ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् ।

उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय