उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः विजयकुमार कार्की निर्वाचित हुनुभएको छ ।
संस्थाका पूर्व उपाध्यक्ष धर्मराज शाक्यलाई झिनो मतले पराजित गर्दै कार्की दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । कार्कीले ३ सय ३८ मत ल्याउनुभयो भने शाक्यले ३ सय ३४ मत ल्याउनुभएको थियो । ४ मतले कार्कीले शाक्यलाई हराउनुभएको छ । अध्यक्षमा निर्वाचित कार्कीले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै शेयर सदस्यको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । त्यस्तै, सचिबमा सानु सुवेदी विजयी हुनुभएको छ । उहाँले ४ सय मत पाउनुभयो । उहाँका प्रतिष्पर्धी चेतन सिग्देलले २ सय ६६ मत मात्रै पाउनुभयो । अध्यक्ष र सचिबबाहेक अन्य पदमा सर्वसम्मत भएको थियो ।
कार्कीलाई हराउन लागेका कालो मुख लगाउँदै बाहिरिए
कांग्रेस समर्थकहरुको बाहुल्यता रहेको श्रीसगरमाथा साकोसको दोस्रो कार्यकाल अध्यक्ष बन्न उम्मेद्वार बन्नु भएका विजयकुमार कार्कीलाई हराउन कांग्रेसभित्रकै सक्रियपूर्वक लागेका थिए । निर्वाचनमा ‘राजनीति रंग’ नदेखिएपनि प्रतिष्ठाको विषय बनेको थियो । कार्की नेपाली कांग्रेसका पूराना र अग्रज नेता मानिनुहुन्छ । महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका कार्कीलाई हराउन भित्रभित्रै खेल खेलियो । तर, त्यो खेल सफल बनेन् । कार्कीले ४ मतले विजयी भएको खबर बाहिरिएपछि कालो मुख लगाउँदै हराउने लाग्नेहरु बाहिरिएको जानकार स्रोत बताउँछ ।























