उर्लाबारी । नेपाली कांग्रेसकी नेतृ शोभा चेम्जोङको नाम प्रदेश नं. १ को समानुपातिक उम्मेद्वारको बन्द सूचीमा समावेश भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. १ मा आदिबासी जनजाति समूहबाट चेम्जोङको नाम बन्द सूचीमा समावेश भएको हो । उर्लाबारी–५ निवासी चेम्जोङ नेपाल महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ भने महाधिवेशन प्रतिनिधिसमेत रहनुभएको छ । चेम्जोङको नाम यसअघि उर्लाबार िनगरपालिकाको मेयरमा पनि चर्चामा आएको थियो ।























