उर्लाबारी, उर्लाबारी नगरपालिका कार्यपालिकाको बुधबार बसेको बैठकले उर्लाबारीका खोला ठेक्का खुला गरेको छ । प्रारम्भिक वातारणीय परीक्षण (आइइ) को प्रतिवेदन आएसंगै खोला ठेक्का आह्वानको बाटो खुलेको हो । तीन करोड १७ लाख रुपैयाँमा खोला ठेक्का लगाइने नगर कार्यपालिकाका प्रवक्ता भीष्मराज बुढाथोकीले जानकारी दिनुभयो । अब उर्लाबारीको भु – भाग भई बग्ने सोल्टी, तेली, बक्राहा र सुनझोडा खोलाका नदीजन्य पदार्थ उठाउनका लागि टेण्डर आह्वान हुनेछ ।
यस्तै कार्यपालिका बैठकले रिक्त शिक्षा समितिमा रामप्रसाद गौतम र सविना खड्का कार्कीलाई सदस्य चयन गरेको छ । यसैगरी मार्सल आर्टस्बाट मानबहादुर थोप्रा, फुटबल क्लबबाट विजय माझी र एथलेटिक्स धावकका तर्फबाट मञ्जु लिम्बूलाई खेलकुद समिति सदस्यमा चयन गरिएको पनि बुढाथोकीले बताउनुभयो । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय