उर्लाबारी : मोरङको उर्लाबारीमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको कटहरी-२ घर भएका ३५ वर्षीय उद्धव परियार रहेको उर्लाबारी प्रहरीले जनाएको छ।
उर्लाबारी-१ पिपलडागीमा उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सिडिको वेल्डिङ गर्दै गर्दा करेन्ट लिक हुँदा उनको घटना स्थलमै मृत्यु भएको जनाइएको छ।
शवको पोष्टमार्टमकालागि मोरङको मङ्गलवारे पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय