काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत युनी राइड अटो टिभीएसका प्रबन्ध निर्देशक निर्मल सिग्देल सम्मानित हुनुभएको छ । उहाँ प्रोमिनेन्ट अटोमोबाइल इन्टरप्रेनयर अवार्डबाट सम्मानित हुनुभएको हो ।
दुवईको राजधानी युुएईको याक एण्ड यती एभरेष्ट क्लव ,अस्टोरिया होटल बारमा बिहीबार भएको एक कार्यक्रममा सिग्देल एसियन प्रोफेसनल अवार्डबाट सम्मानित हुनुभएको छ । अटोमोबाइल क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सिग्देललाई एसियन प्रोफेसनल अवार्डबाट सम्मानित गरिएको छ । कार्यक्रममा युपिएफ एसिया पेसिफिकका को चियर डा. रोवर्ट एस किटल, युएईका एनआरएनए प्रेसिडेन्ट ठाकुरप्रसाद ढुंगाना, नेपालका पूर्वमन्त्री एकनाथ ढकाल लगायत उपस्थित रहनुभएको थियो ।
























